काङ्ग्रेस वडा सभापति राज कुमार प्रजाको सक्रियतामा दुई जना बिरामीलाई आर्थिक सहयोग

everest kitchen

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ का नेपाली काङ्ग्रेस वडा सभापति राज कुमार प्रजाको सक्रियतामा दुई जना बिरामी लाई आर्थिक सहयोग प्रदान गरेको छ।

बिरामीहरु नेपाली काङ्ग्रेस साविक काँकडा गाबिस हाल राक्सिराङ ६ निवासी नेपाली काङ्ग्रेसका अग्रज नेता पदम बहादुर थिङ जो अहिले लडेर चितवनको पुरानो मेडिकल कलेज स्थित उपचार भइ रहेको हस्पिटलमा नै पुगेर रु १६०००(सोह्र हजार रुपैयाँ ) हस्तान्तरण गरेको हो ।

त्यस्तै अर्को बिरामी काङ्ग्रेसकै अग्रज नेत्री चिनी माया थिङ लाई रु ३००००(तीस हजार रुपैयाँ ) सभापति प्रजाको घरमा नै हस्तान्तरण गरिएको छ । चिनी माया फोक्सोमा समस्य परि अहिले उपचार लाई निरन्तर दिदै आएको छ।

त्यस्तै सभापति प्रजा,वडा पार्टी सचीव राज कुमार प्रजा र कर्य समिती सदस्य हरु सँग सहकार्य गरि अहिले चल्दै आएको काङ्ग्रेस महाधिवेशनको अवसर पारी सबै नेता तथा कार्यकर्ता हरु सँग धेरै थोरै सहयोग लिदै संकलन गरि आज हस्तान्तरण गरिएको र बिरामीको लागि आर्थिक संकलन अभियान अझै जारी रहेको सभापति चेपाङले बताए।