त्रिवेणीमा तीन दिने “एकिकृत महिला स्वास्थ्य शिविर” सञ्चालन

everest kitchen

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकामा तीन दिने “एकिकृत महिला स्वास्थ्य शिविर” सञ्चालन सुरु भएको छ । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल र त्रिवेणी गाउँपालिकाको आयोजनामा उक्त शिविर सञ्चालन गरिएको हो ।

मंसिर ११ र १२ गते त्रिवेणी गाउँपालिका अस्पताल र १३ गते पेउघा स्वास्थ्यचौकीमा उक्त शिविर संचालन रहने ओरेक नेपाल रुकुम जिल्ला संयोजक दिपा धितालले जानकारी दिईन ।

उनका अनुसार, शिविरमा त्रिवेणी गाउँपालिका अस्पतालमा कार्यरत डाक्टर छवि नेपाली र जिल्ला अस्पताल सल्लेमा कार्यरत स्त्रीरोग विशेषज्ञ केएल बिक्रम जिसीले सेवा दिईरहेका छन् ।

शिविरमा सेवा लिन आउने महिलाहरुलाई सुरुमा महिला हिंसा सम्बन्धि अभिमुखिरण दिईने त्यसपछि महिलाहरुका जीवन कहानी लेख्ने सुन्ने र त्यसपछि स्वास्थ्य परिक्षण गरेर उनीहरूलाई मनोविमर्श सेवा दिएर आवश्यक अौषधिसमेत उपलब्ध गराउने गरेको संयोजक धितालले जानकारी दिईन ।

त्यस्तै, शिविरमा रोगबाट बच्ने र रोग उपचार निको पार्ने विभिन्न जडिबुटी सम्बन्धि जानकारी दिनेसमेत गरिएको आयोजकले जनाएको छ । साथै, सो अवसरमा बाल क्लबद्धारा महिला हिंसा विरुद्धको सडक नाटक समेत प्रस्तुत गरिएको आयोजकले बताएको छ ।

शिविरलाई नरसिंह दल गण खारा पोष्टको उपसेनानी शिव थापा नेतृत्वको नेपाली सेनाले समेत स्वयंसेवकको रुपमा सघाएको छ ।