माओवादीमय बन्दै हेलम्बु,एक्कै दिन दर्जनौं नेताकार्यकर्ता विभिन्न पार्टी परित्याग गरि माओवाद केन्द्र प्रवेश

everest kitchen

सिन्धुपाल्चोक । हेलम्बुमा काङ्ग्रेस एमाले परित्याग गरि तीन दर्जन बढी कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्र हेलम्बुको प्रथम सम्मेलनमा उनिहरु माओवादी प्रवेश गरेका हुन ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री युवराज दुलाल शरदले आफू प्रतिष्ठाको लागि नभई देश र जनताको सेवाको लागि राजनीतिमा आएको र माओवादी केन्द्र मात्रै बिकास निर्माणको असली पहरेदार भएकाले सबैको साथ लिएर सिन्धुपाल्चोकको बिकास निर्माणमा लाग्ने बताउनुभयो ।

सम्मेलन बाट पेमा लामा ह्योल्मोको अध्यक्षतामा उपाध्यक्ष मोदनाथ भण्डारी, लिलाबहादुर जोति र बलबहादुर खड्का चयन हुनुभयो । सचिवमा दिपक लामिछाने, सहसचिवमा चेतना तिमिल्सिना, कोषाध्यक्षमा दिपक कुमार लामिछाने सहितको ५१ सदस्यीय गाउँपालिका कमिटी चयन भएको नेता समिर जानकारी दिनुभयो ।

त्यस्तै अखिल (क्रान्तिकारी) हेलम्बुको दोस्रो सम्मेलनबाट सौरभ जोतिको अध्यक्षतामा ४७ सदस्यीय गाउँपालिका कमिटी पनि गठन भएको उहाँले बताउनुभयो ।

सम्मेलनमा माओवादी केन्द्र सिन्धुपाल्चोक क्षेत्र नम्बर दुइका अध्यक्ष भरत थापा, बलराम बिक लगायतले सम्बोधन गरेका थिए ।माओवादी केन्द्रको मंसिर ११ गते देशैभर एकसाथ नगर सम्मेलनको उद्घाटन भएको हो ।उज्यालो