अब अनलाइनहरुले पनि चाँडै सरकारी विज्ञापन पाउँछन् : अर्थमन्त्री शर्मा

everest kitchen

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताएका छन् । प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मूल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने उनलेे बताए ।

सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने ‘सरकारले अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको छ । त्यो हुँदा अब प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरुले सरकारी विज्ञापन पाउने छन् ।

कार्यविधि र मूल्यांकनको काम अगाडि बढाउन प्रेस सेन्टरले वातावरण बनाउनुपर्छ । यो कामको सुरुवात गर्न प्रेस सेन्टरलाई आग्रह छ । अन्य पत्रकारहरुको क्षमता अभिवृद्धि, तालिमहरूको लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको उनले बताए ।