शुक्रबार नेपाली राजदुतावास मलेसियाबाट राहदानी आवेदन गर्न नसकिने

everest kitchen

काठमाडौं । शुक्रबार नेपाली राजदुतावास मलेसियाबाट राहदानी आवेदन गर्न नमिल्ने भएको छ । दुतावासले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

राहदानी विभागबाट प्राप्त निर्देशन अनुसार भोलि शुक्रबारका दिन यन्त्रवाचक पासपोर्टको (एमआरपी) को आवश्यक डाटा माइग्रेसन सम्बन्धी काम हुने भएकाले सो दिन पासपोर्टको आवेदन लिन नमिल्ने दुतावासले जनाएको छ ।

यद्यपि राहदानी आवेदन बाहेकका कामकाज भने निरन्तर रहने दुतावासले जनाएको छ ।

विभागले हिजोदेखि मेसिन रिडेवल पासपोर्टको आवेदन बन्द गरेको छ । मेसिन रिडेवल पासपोर्टको टोकन लिएकाले पनि स्मार्ट पासपोर्टको लागि आवेदन दिन पाउने जनाएको छ ।