जापान जाने क्रममा मलेसियामा अलपत्रमध्ये ३४ जना स्वदेश फिर्ता, २ जना जापान प्रस्थान

everest kitchen
photo file

मलेसिया । जापान जाने क्रममा मलेसियामा अलपत्रमध्ये ३६ जना स्वदेश फिर्ता भएका छन् भने २ जना भने जापान प्रस्थान गरेका छन् । उनीहरूको नेपाली राजदुतावास मलेसियाको पहलमा उद्धार भएको हो ।

नेपालबाट मलेसिया हुँदै जापानजानका निम्ति क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भएको तर जापान सरकारको कोभिड सम्बन्धी नियमहरुको प्रक्रिया पुरा नगरेको कारण उनीहरू मलेसियामा अलपत्र परेको नेपाली राजदुतावास मलेसियाले जनाएको छ ।

दुतावासले दिएको जानकारी अनुसार ३६ नेपाली नागरिकहरुमध्ये ३४ जना सकुशल नेपाल फर्केको २ जना यस राजदूतावासको पहलमा जापान सरकारको थप अनुमति प्राप्त गरी जापानतर्फ प्रस्थान गरेका छन् ।

अलपत्र परेका यात्रुहरुलाई समयमै उद्दार गर्न/ गराउन सहयोग गर्नुहुने निकाय नेपाल सरकारका विभिन्न निकायहरु, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, मलेसिया एयरलाइन्स तथा जापानस्थित नेपाली राजदूतावास र मलेसियास्थित जापानी राजदूतावासलाइ नेपाली राजदूतावास मलेसिया एक विज्ञप्ति जारी गर्दै धन्यवाद दिएको छ ।

साथै मलेसिया ट्रान्जिट भै यात्रा गर्नुहुने सम्पूर्ण सबैलाई गन्तव्य मुलुकमा प्रवेश सम्बन्धी सम्पूर्ण कागजात तथा पछिल्लो नियमहरुको जानकारी राखेर मात्र यात्रा गर्न र मलेसिया ट्रान्जिटका क्रममा केही समस्या भएमा यस राजदूतावासको हटलाइन +६०१६२४७२७७७  मा सम्पर्क गर्न नेपाली राजदुतावास मलेसियाले अनुरोध समेत गरेको छ ।