रुकुम जन्ती बस दुर्घटना: एकको मृत्यु, १५ जना डिस्चार्ज

everest kitchen

रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२, मा भएको बस दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- १, घिमानेका बुदुराम खड्कालाई उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्बर २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका वडा नम्बर ५ घिमानेतर्फ फर्किरहेको ग १ ख २१०९ जन्ती बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले जानकारी दिए ।

बसमा ४५ जना जन्ति सवार रहेको प्रहरीले जनाएको छ । बस सडकबाट १ सय मिटर तल खसेको बताईएको छ ।

प्रहरीका अनुसार १५ जना डिस्चार्ज भइसकेको र चार जनालाई नेपालगन्ज पठाइएको छ ।