फोनिज चितवनको अधिवेशन सम्पन्न, अध्यक्षमा रानामगर र सचिवमा तामाङ

everest kitchen

चितवन :– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको अध्यक्षमा रमेश रानामगर चयन भएका छन् । शनिबार भरतपुरमा सम्पन्न चौथो जिल्ला अधिवेशनले मगरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा तुलमान गुरुङ, सचिवमा उर्गेन तामाङ, सहसचिवमा सविता दराई र कोषाध्यक्षमा कमलमान श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको हो । नयाँ कार्यसमितिलाई फोनिजका केन्द्रीय सदस्य राजु चौधरीले सपथ गराएका थिए ।
१३ सदस्यीय नयाँ कार्यसमितिमा आश्मा राई (महिला), अपेक्षा चौधरी (महिला), सुनिलकुमार श्रेष्ठ (खुला), मनोज चौधरी (खुला), सूचना गुरुङ (खुला), दीपेन्द्र चौधरी (संस्थागत), बबिलाल तामाङ (संस्थागत) र प्रतिमा कुमाल (अल्पसंख्यक) चयन भएका छन् ।


सन्दीपकुमार श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
फोनिज चितवनको अधिवेशनअघि भएको आठौं वार्षिक साधारणसभामा तीनजना पत्रकारलाई सम्मान गरिएको छ । फोनिजको संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, पत्रकार बबिलाल तामाङ र पत्रकार प्रतिमा कुमाललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव सिर्जना अर्यालको प्रमुख आतिथ्यतामा पत्रकारहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा ‘फोनिज सन्देश चितवन’समेत सार्वजनिक गरेको थियो ।
त्यस्तै अधिवेशनबाट १५ जना प्रदेश महाधिवेशन प्रतिनिधि र १३ जना संघीय अधिवेशन प्रतिनिधि छनोट गरिएको छ भने प्रदेश प्रतिनिधिमा सविन लोप्चन तामाङ, प्रमिला तामाङ, कमला गुरुङ, बिक्रम गुरुङ, नेत्र गुरुङ, हिरालाल गुरुङ, ममता गुरुङ संजय चौधरी, सुमित्र महत्तो, राकेश चौधरी, निरज महत्तो, पुर्ण बहादुर मगर, आशिका थापा मगर, प्रकाश तामाङ, आशिक राणा मगर, देउ बहादुर थापा मगर, सरस्वती तामाङ जितेन्द्र चौधरी रहेको छन त्यस्तै संघीय प्रतिनिधिमा ईश्वर कुमार जोशी, सन्त कुमार चौधरी, राजु चौधरी, सन्दिप श्रेष्ठ, सविता श्रेष्ठ, राजेश रुम्बा, बिनोद श्रेष्ठ, सन्तोष तामाङ, सिमा तामाङ ज्ञानेन्द्र तामाङ, दान बहादुर तामाङ, कारी महत्तो, खिल बहादुर राना मगर छनोट भएका छन ।