विदेशमा दुर्घटना हुदा दु:ख पाएकन अन्सारीलाई नाैसय विघा समाज सहयोग युवा समूहको सहयोग

everest kitchen

सुरेन्द्र महतो
महोत्तरी । महोत्तरी जिल्लाको साबिकको रताैली गाविस हाल पिपरा गाउँपालिका वडा न.-६ टाेल( रहमानपुर) मा बस्ने ४५ बर्षीय कलामुदिन अन्सारी करिब ९ बर्ष पहिले राेजगार काे सिलसिला मा साउदी गएका थिए । धन कमाउने सपनाले त्यहाँ पुगेका अन्सारी दुर्भाग्यवस सफ्लाई कम्पनीमा परे यद्यपि उनले जसोतसो नियमित डिउटी गरे ।

तर एक दिन डिउटीमा जादै गर्दा उनी चढेको गाडी एक्कासि दुर्घटना भयो । दुर्घटनामा कलामुदिन अन्सारीकाे दायाँ हात र दायाँ खुट्टा काे हड्डी भाच्चिन पुग्यो । घाइते उनलाई कम्पनीले उपचार गरेर घर पठायो । तर अहिले फेरि त्यही अपरेसन भएको दायाँ हातमा समस्या देखिन थाल्यो ।

हस्पिटलमा गएर चेक गराउदा उनको हात भित्र स्टिल रहेछ । डाक्टरकाे भनाई अनुसार उनको हात भित्र यस्टिल राखिएको रहेछ । यसको तुरुन्तै पुनः अर्को अपरेसन गरेर चाँडै निकाल्नु पर्नेछ । तसर्थ उनको आर्थिक अवस्था धेरै नै कम्जोर भएको कारण अन्सारीले आर्थिक सहयोगकाे लागि गर्दै आएका थिए । सोअनुसार नाैसय विघा समाज सहयोग युवा समूहले उनको अपिल स्वीकार्दै केही सहयोग गरेको हो ।

समुहले शनिबार अन्सारीलाई ३२ हजार नगद रकम सहयोग गरेकाे समूहका संयाेजक विजय कुमार मण्डलले जानकारी दिएका छन् ।

मण्डलले सहयोग गर्ने सम्पुर्णलाई समेत धन्यवाद दिएका छन् । डा.अरुण कुमार मण्डल, बिन्दल यादव, माे.नईम राईन, सैजुम अन्सारीले पीडितलाई अस्पतालमा गएरनै रकम हस्तान्तरण गरेका थिए ।