पीएनसीसीको आयोजनामा अन्तर्राष्ट्रिय आप्रवासी दिवस मलेसियामा मनाईदै

everest kitchen

मलेसिया । मलेसियामा डिसेम्बर १८ तारिख अन्तर्राष्ट्रिय आप्रवासी दिवस भब्यरुपमा मनाउने तयारी थालिएको छ । प्रवासी समन्वय समिति (पीएनसीसी)को आयोजना र नेपाली दुतावास मलेसियाको सहकार्यमा ग्राण्ड कन्टिनेन्टल होटेल क्वालालम्पुरमा उक्त कार्यक्रम हुने भएको हो ।

डिसेम्बर १८ का दिन दिउँसो १२ बजे हुने उक्त कार्यक्रममा दुतावास, संघसंस्थाहरुको प्रतिनिधि र मलेसियाको विभिन्न ठाउबाट नेपालीहरुको उल्लेखनीय उपस्थिति हुने आयोजकले जनाएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले दोस्रो विश्वयुद्धबाट विस्थापित युरोपेलीहरूको ठूलो संख्यालाई सहयोग गरेको उसले ७० वर्ष पहिले देखि लाखौं आप्रवासीहरूलाई सहयोग गर्दै आएको छ । मानवीय हकअधिकार व्यवस्थापनलाई बढावा दिनको लागि आईओएमले मार्गनिर्देशन जारी राखेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक १८ डिसेम्बरमा मनाउदै आएकोछ । यो बर्षको आप्रवासी दिवसको थिम “मानव गतिशीलता को सम्भाव्यता को उपयोग” भन्ने रहेकोछ ।

आप्रवासन स्वैच्छिक वा जबरजस्ती हुने गरेपनि विशेषगरी विश्वमा प्रकोपहरू, आर्थिक चुनौति, चरम गरिबी र द्वन्द्वको बढ्दो परिमाणले आप्रवासन बढ्दो छ । २०२० मा लगभग २८१ मिलियन मानिसहरू अन्तर्राष्ट्रिय आप्रवासी रहेको एक तथ्यांकले देखाएकोछ । जसले विश्वव्यापी जनसंख्याको ३.६ प्रतिशत प्रतिनिधित्व गर्दछ।