साउदी अरेबिया नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई आक्रमण

everest kitchen

काठमाडौँ । साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा हुथी मिलिसियाका विरुद्धमा बुधबार हवाई आक्रमण गरेको छ । बुधबार ती विद्रोहीका विरुद्धमा उनीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।

यस हवाई आक्रमणबाट यमनी सहर सानाको पूर्वी क्षेत्रमा रहेको हाफा शिविर प्रभावित भएको बताइएको छ । तर यसको विस्तृत विवरण भने दिइएको छैन् । हवाई आक्रमणपछि शहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको बताइएको छ ।

मंगलबार राति भएको सो हमलामा परेर यहाँका हुथी मिलिसियाहरुले निर्माण गरेका केही आश्रयस्थल र सैन्य शिविर ध्वस्त भएका छन् ।

उता इरान समर्थित हुथी मिलिसियाले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट दुईवटा गुफा र चारवटा भूमिगत गोदाम ध्वस्त भएको गठबन्धनले साउदीको स्वामित्वमा रहेको अल–अरेबिया टिभीलाई उद्धृत गर्दै जानकारी दिएको छ ।

केही महिनामात्र अघि यमनी विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेनाविरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो । –सिन्ह्वा