बिप्लप नेतृत्वको नेकपाका विद्यार्थी संगठनद्धारा राप्ती नगरपालिका घेराउ

everest kitchen

चितवन। पूर्वी चितवनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट  अखिल (क्रान्तिकारी)ले राप्ती नगर कमिटीले राप्ती नगरपालिका घेराउ गरेको छ । शुक्रबार राप्ती नगर भित्रका चारवटा विद्यालयका विद्यार्थीहरुले नगरपालिका घेराउ गरेका थिए।

राप्ती- ७स्थित वीरेन्द्र आदर्श मावि र जनआदर्श बहुमुखी क्याम्पस, राप्ती- ६ स्थित श्री भण्डारा मावि र राप्ती- २स्थित श्री बुद्धशान्ति माविका विद्यार्थीहरुले नगर परिसरमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन ।

संविधानले दिएको मौलिक हक अन्तर्गत माध्यमिक तह (१२ कक्षा) सम्म शिक्षा निशुल्क हुनुपर्ने माग गर्दै विद्यार्थीहरुले नगरपालिका घेराउ कार्यक्रम गरेको जनाएका छन् ।

शुल्कको नाममा मनपरि भएको र गरिब विद्यार्थीलाई पढ्न समस्या भएको अखिल (क्रान्तिकारी) चितवन जिल्ला कमिटी ईन्चार्ज देव शमशेर रेम्बोर्जेले बताए ।
`विद्यार्थीहरुलाई पढाइ शुल्कको रुपमा मनपरि पैसा उठाइएको र गरिब परिवारको विद्यार्थीलाई पढ्न धौधौ भएको छ´ उनले भने, `बारम्बार नगरलाई ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेकोले घेराउ कार्यक्रम गरिएको हो । यस्ता गतिविधिको अन्त्य हुनु आवश्यक छ ।

संविधानले दिएको हक अन्तर्गत शिक्षा पाउनुपर्ने पनि उनले बताए । अझ पनि यस विषयमा नगरले वेवास्ता गरे कडा आन्दोलनमा उत्रिने उनले बताए ।