बैतडीका मृगौला पीडित बमलाई सुदूरपश्चिमेली समाज कुवेतको आर्थिक सहयोग

everest kitchen

दिनेश खड्का’खप्तडी’

कुबेत । बैतडिका एक मृगौला पिडितलाईलाई सुदूरपश्चिमेली नेपाली समाज कुवेतले आर्थिक सहयोग गरेको छ । पुर्चौडि नगरपालिका ८ निवासी जनक बहादुर बमलाई समाजले सहयोग गरेको हो ।

उनको दुई वटै मृगौला’मा समस्या उत्पन्न भए पछि घरको आर्थिक अवस्था कम्जोर भएका बमलाई सुदूरपश्चिमेली नेपाली समाज कुबेतका सक्रिय सदस्य गणेश बहादुर चन्दको विशेष पहलमा सहयोग रकम जम्मा गरिएको हो ।

नेपाली रु १ लाख ६ हजार बाईस रुपैयाँ पिडितको परिवारलाई उक्त रकम सहयोग गरेको सुदूरपश्चिमेली नेपाली समाज कुबेतका महासचिव गंगन बिष्टले बताए ।
मृगौला पीडित बमको आफ्त हरुको सहयोगमा कैलालीको सेति अस्पतालमा उपचार भइरहेको महासचिव बिष्टले बताए ।

यस अभियानमा साथ सहयोग गर्ने कुबेतमा रहेका सम्पुर्ण सहयोगी मनलाई समाजले धन्यवादसमेत ब्यक्त गरेको छ ।