स्मार्ट किड्सको अडिसन फारम खुल्ला

everest kitchen

काठमाण्डौ । विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३, र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन २ गरेर एकैचोटी दुईवटा प्रतियोगिता गर्ने घोषणा गरेको छ ।

यही पुष १० गते शनिबार युथ क्रियसन नेपालको कार्यालय पुतलीसडकमा उक्त प्रतियोगिताको अडिसन हुने जानकारी आयोजक युथ क्रियसनका अध्यक्ष रवि लामा तामाङले जानकारी गराए ।

मोडलिङ क्षेत्र रोजेर उज्ज्वल भविष्य बनाउने सोचमा रहेका युवा युवतीको मार्ग निर्देशन गर्दै मोडलिङका लागि आत्मा बिश्वास, मोडलिङ प्रशिक्षण र ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य प्रतियोगिताको रहेको कुरा पनि अध्यक्ष लामाले बताए साथै आफुले गर्ने सौन्दर्य प्रतियोगिता अरुले गर्ने भन्दा केही भिन्न तरिकाले गर्ने र प्रतिभाको मुल्याङ्कन पनि भिन्न तरिकाले गर्ने गरेको समेत जानकारी गराए ।

विशेष गरि बालबालिकालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा टेवा पुर्याउने र बालबालिकाको व्यक्तित्व विकास गर्ने उद्देश्यले फेस किड्स गरिरहेको अध्यक्ष लामाले बताए । ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’ सिजन ३ र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन २, को कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् ।

दुवै प्रतियोगिताका विजेता, फष्ट रनर अपर, सेकेन्ड रनर अपले आकर्षक गिफ्ट ह्याम्परका साथै विभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन ।

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२०’ सिजन २, का प्रतिस्प्रधीहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु चङ्गा चेट, रक्तदान कार्यक्रम, निःशुल्क पानि तथा खाना बितरण, अनाथ बालबालिकालाई सहयोग गर्ने लगायतका विभिन्न सामाजिक कार्यमा समेत सहभागी गराईनेछ ।

त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत तालिम दिइने कुराको जानकारी अध्यक्ष लामा गराए ।