शुक्रबारदेखि देशभर ‘चुरीफुरी’

everest kitchen

काठमाडौं । आजदेखि देशभरका हलमा फिल्म ‘चुरीफुरी’ रिलिज भएको छ । शुक्रबार रिलिजको परम्परा धान्दै ऋषिराज आचार्यद्वारा निर्देशित उक्त चलचित्र देशभर रिलिज भएको हो ।

हास्य प्रधान फिल्म चुरिफुरीले युवा पुस्ताको कथा समेटेको छ । चलचित्रमा रविन्द्र झा, सुबोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, दीपक प्रसाद आचार्यको अभिनय रहेको छ ।

त्यस्तै,पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पन्डित, सुनिता श्रेष्ठ, राजेन्द्र खाती, रश्मि आचार्य, जोया ढकाल, तुलसी प्रसाद श्रेष्ठ, मनिल तामाङ, ऋतु आचार्य लगायतको अभिनय रहेको छ ।

फिल्ममा दीपक शर्माको संगीत, राहुल राईको छायांकन र नविन निरौलाको सम्पादन रहेको छ । फिल्ममा ऋषिराज आचार्य र रीना ढकाल भण्डारी निर्माण र विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारीको सह–निर्माण रहेको छ ।

मल्टिप्लेक्समा थोरै शो पाएको उक्त चलचित्रले दर्शकको मन जित्ने निर्देशक आचार्यले बताए । फिल्ममा कथा पनि आचार्य कै रहेको छ ।