नारी सिप सिर्जना केन्द्रद्वारा राक्सिराङका किसानलाई मौरी, बंगुर तथा कृषि सामाग्री बितरण

everest kitchen

सविन कुमार मकवानपुर । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाका ८७ घरपरिवार किसानहरुलाई नारी सिप सिर्जना केन्द्रले कृषि सामाग्री, पशु तथा बिउ उपलब्ध गराएको छ ।

एडब्लुओ ईन्टरनेश्लल र जर्मन कर्पोरेसनको आर्थिक सहयोगमा २२ घर परिवारलाई दुईदुई वटाको दरले मौरी घार, १७ घरपरिवारलाई चारचार वटाको दरले बंगुरको पाठापाी र ४८ घर परिवारलाई बीउबिजन, टनेला लगायतको कृषि सामाग्री वितरण गरिएको जनाएको छ ।

नारी सीप सिर्जना केन्द्रले मानव बेचबिखन रोकथाम तथा सुरक्षीत बसाइँसराइ सम्बन्धि चेतना जगाउदै आएको छ।

सोअवसरमा अर्को ठाउँमा बसाई सराई गर्दा नौलो ठाउँ पुग्ने बेला विभिन्न आश्वासन देखाउदै बेचबिखन सिकार हुने,अबैध तरिकाले देश छोडेर वैदेशिक रोजगारमा पुगेर श्रम शोषण हुने जस्ता कार्यहरू बाट बचाउन केन्द्रले आफ्नै गाउँमा स्वरोजगार बनोस भनी विभिन्न कार्यक्रम चलाउदै आएको संस्थाकी मेम्बर सिं तामाङले बताए ।