मलेसियाबाट राज बहादुर साउदँको पहलमा मृगौला क्षेत्रीलाई आर्थिक सहयोग

everest kitchen

दिनेश खड्का’खप्तडी’
मलेसिया । समाजसेवि राज बहादुर साउदँको पहलमा मृगौला पीडित बुढा क्षेत्रीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

डडेल्धुरा आलिताल गाउँपालिका ७ का २१ वर्षिय गणेश बुढा क्षेत्रीलाई समाजसेवि राज बहादुर साउदँको पहलमा संकलन भएको रकम पिडित मृगौला परिवारलाई नेपाली रु ४० हजार सहयोग हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति जोहोरबारुका संरक्षक समेत रहेका राज बहादुर साउदँको विशेष पहलमा उक्त रकम संकलन भएको हो ।

सामाजिक कार्यमा सक्रिय रहँदै आएका साउदँ एनआरएनए मलेसिया क्षेत्रिय समिति जोहोरबारुका सचिव पनि हुन् ।

मृगौला पिडित गणेश बुढा क्षेत्रीको टिचिङ अस्पताल काठमाडौंमा आफन्त हरुको सहयोगमा उपचार भइरहेको छ । उनको आर्थिक अवस्था कम्जोर भएको कारण थोरै भए पनि सहयोग संकलन गरि पिडितका परिवारलाई हस्तान्तरण गरेको साउदँले बताउनुभयो ।

सहयोग गर्ने हरुको नाम हेर्नुहोस्