मलेसियाको जेलमा १२७ नेपाली, घरफिर्ती कार्यक्रममा सहभागी हुन दुतावासको अनुरोध

everest kitchen

काठमाडौं । विभिन्न कारणले मलेसियाको जेलमा हाल १२७ जना नेपालीहरु रहेको पाईएको छ । नेपाली राजदुतावास मलेसियाका अनुसार हाल मलेसियाको विभिन्न जेलमा गरी १२७ जना नेपालीहरु विभिन्न मुद्दामा जेलमा रहेका छन् ।

मलेसियामा हाल १२७ जना नेपाली जेलमा रहेको र जसमध्ये करिब ५ जना महिला पनि रहेको दुतावासका द्धीतीय सचिव प्रेम बहादुर बुड थापाले जानकारी दिए ।
नेपाली राजदुतावास मलेसियाको नियमित साप्ताहिक लाईभ कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन ।

थापाका अनुसार मलेसियाको फौजदारी कानुनले व्याख्या गरेका लाघु अौषध, ज्यान मुद्दा, अ”पहरण , अध्यागमनको कानुन उलङघन गरेका लगायतका मुद्दामा नेपालीहरु जेलमा रहेका छन् ।

साथै, मलेसियाले घर फिर्ति कार्यक्रम थप गरेकोले मलेसियामा अबैधानिक हैसियतमा रहेका नेपालीहरु स्वदेश फर्किन दुतावासले अनुरोध गरेको छ । यो कार्यक्रम जुन-३० सम्म लागु गरिएको छ ।