एनआरएनएको निर्वाचन पुनःअनिश्चितकालका लागि स्थगित

everest kitchen

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । विवादमा फसेको एनआरएनएको निर्वाचन आइतवार र सोमवार हुने भनिएको थियो।

संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि आइतवार र सोमवार हुने भनिएको निर्वाचन रोकिएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले शनिवार एक विज्ञप्ति जारी गर्दै हालसम्म मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने भन्दै निर्वाचन प्रकृया स्थगन गरेको छ ।

निर्वाचन समितिको विज्ञप्तिमा “गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सुची पूर्ण रुपमा प्राप्त नभईसकेकाले छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सुची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्य तालिका पछि प्रकाशित गरिने व्यहोरा अनुरोध सहित ” उल्लेख गरिएको छ ।