आगामी जनवरी भित्र नेपाली राजदुतावास मलेसियाले ई-पासपोर्टको सेवा दिने

everest kitchen

मलेसिया । किराँत याक्थुङ चुम्लुङ, मलेसियाको आयोजनामा चासोक तङ्नाम साझ शुभकामना आदान प्रदान कार्यक्रम डिसेम्बर २६ का दिन सम्पन्न भएको छ ।

सो अवसरमा शुभकामना मन्तब्यको क्रममा मलेसियामा रहेको अबैधानिक बिदेशी नागरिकहरुलाई मलेसिया सरकारले दिएको स्वदेश फिर्ति अवसर २०२२को जुन सम्म थप भएकोले मलेसियामा रहेका सबै अबैधानिक नेपालीहरुलाई स्वदेश फर्कन र यहाँ रहेको संघसंस्थाले पनि यस कार्यको लागि बिशेष भुमिका निर्बाह गर्न आग्रह गरेका थिए ।

नेपाल सरकारले ई-पासपोर्ट संचालनमा ल्याई अनिबार्य गरे संगै नेपाली दुतावास मलेसियाले पनि २०२२ को जनवरी भित्रै ई-पासपोर्ट बितरण प्रक्रिया थाल्ने तयारी रहेको पनि बताएका छन ।

साथै नेपालीहरुका लागि मलेसिया आउने प्रकृया कहिले शुरुवात हुन्छ भन्ने चासो सबैबाट हुने भइरहेको भन्दै, मलेसिया आउने श्रमिकको क्वारेन्टाइन खर्च कस्ले बेहोर्ने भन्ने निर्णय नगरि सकेकोले हाल सम्म मलेसियामा बिदेशी श्रमिक आउन रोकिएको जानकारी पाएकाछौ आशा यो प्रक्रिया छिटै शुचारु हुनेछ प्रमुख अतिथि मोति बहादुर श्रीश मगरले बताए ।

नेपाल बिबिधताले भरिपुर्ण देश हो जहा देशलाई प्रतिनिधित्व र प्रबर्द्धन गर्ने धेरै संस्कृति, पर्व, भाषा, भेष भुषा र पहिचान रहेकोछ । हामी नेपाल जहाँ गएपनि हाम्रो संस्कृति र पहिचान संरक्षण र प्रबर्द्धन गर्ने गरेकोछौ । चासोक तङनाम पनि एक नेपाललाई प्रतिनिधित्व गर्ने पर्व हो यस कार्यक्रममा दुतावासलाई पनि आमन्त्रण गरेकोमा आयोजकलाई प्रमुख अतिथि मगरले धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा किराँत याक्थुङ चुम्लुङ, मलेसियाका अध्यक्ष दिल केरुङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली दुतावास मलेयाका उपनियोग प्रमुख मोति बहादुर श्रीश मगर रहेका थिए । त्यस्तै, अतिथिहरु गैरआवासीय नेपाली संघ, मलेसियाका अध्यक्ष बिनोद थापा, नेपाली ब्यवसायी संघ, मलेसियाका अध्यक्ष इन्द्र लिम्बू, गैरआवासीय नेपाली संघ केन्द्रीय सदस्य तथा किरात राई यायोक्खा मलेसियाका सल्लाहकार बिश्वबिक्रम राई र नेपाली दुतावास मलेसियाका द्वितीय सचिव प्रतीक कार्की रहेका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य बिश्वबिक्रम राई, इन्द्र लिम्बू, बिनोद थापा लगायतका अतिथिहरुले दिएका थिए ।

स्वगत मन्तब्य तथा चासोक तङनामको बारेमा जानकारी आयोजक समितिका उपाध्यक्ष पदमराज लिम्बुले दिएका थिए । कार्यक्रमको समापन गर्दै सभापति केरुले मलेसियामा रहेका अबैधानिक नेपाली नागरिकहरु स्वदेश फिर्तिकोलागि जाने क्रममा एयरपोर्टमा प्रक्रिया नबुझेकोले दुख पाउने गरेकोले दुतावासको तर्फबाट हेल्प डेस्क राख्न आग्रह गरेका थिए ।