चन्द्रागिरीमा हिमपात, हिउँमा रमाउनेहरुको लर्को

everest kitchen

काठमाडौं । हिउँदे वर्षा भएसँगै राजधानी वरिपरिका डाँडामा बाक्लो हिमपात परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको हो ।

वर्षासँगै राजधानीको चन्द्रागिरीमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि हिमपात भएसँगै चन्द्रागिरि हिल्समा सर्वसाधारणहरु हिउँ खेल्न पुगेका छन् ।

त्यस्तै, देशका विभिन्न स्थानमा आज हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । रुकुम पश्चिम, डोल्पा, जाजरकोट, मकवानपुर लगायतका उच्च पहाडी स्थानमा हिमपात भईरहेको छ ।