अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न नेपाली दुतावासको अनुरोध

everest kitchen

काठमाडौं । अनिवार्यरुपमा फेस मास्क लगाउन र भौतिक दुरी कायम गर्न साउदी अरबीयाका लागि नेपाली दुतावास साउदीले अनुरोध गरेको छ । दुतावासले बुधबार राति एक सुचना जारी गरेर यस्तो अनुरोध गरेको हो ।

सुचनामा भनिएको छ, “साउदी अरबमा केही हप्ताअघिसम्म दैनिक ३० भन्दा कम रहेको कोभिड-१९ संक्रमणदर हालैका दिनहरूमा ह्वात्तै बढेर दैनिक संक्रमणदर ७०० भन्दा माथि पुगेको छ ।

साथै, संक्रमण दर बढेको अवस्थालाई मध्यनजर गर्दै साउदी सरकारले भोलि मिति ३० डिसेम्बर २०२१ बिहान ७ बजेदेखि लागू हुने गरी बाहिर निस्किंदा र काम गर्ने स्थलमा अनिवार्यरुपमा फेस मास्क लगाउनु पर्ने र कम्तिमा १.५ मिटरको भौतिक दुरी कायम गर्नुपर्ने नियम लागू गरेको हुंदा साउदी अरबमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले यो नियमको पूर्ण पालना गर्न गराउन हुन अनुरोध गरिन्छ, सुचनामा भनिएको छ ।