प्रचण्डको प्रतिवेदनमाथि २५ वटै समूहको रिपोर्टिङ सकियो, एमसीसी खारेज गर्नुपर्ने माग

everest kitchen

 

काठमाडौं । नेकपा माओवादीको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफलपछि रिपोर्टिङ गर्ने क्रम सकिएको छ ।

बिहीबार १४ समूहका टोली नेताले आफ्नो रिपोर्टिङ सकेसँगै सबै २५ समूहको सकिएको हो । यसअघि बुधबार ११ समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए ।

महाधिवेशन अन्तर्गत समूहगत रिपोर्टिङ सकिएलगत्तै स्थायी कमिटी बैठक पनि सुरु भएको छ । बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । बिहीबार रिपोर्टिङ गर्ने अधिकांश टोली नेताहरुले एमसीसी खारेज गर्नुपर्ने माग गरिएको छ ।

शुक्रबार लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेश हुनेछ । त्यस्तै फरक मत तथा पुरक दस्तावेज पनि अध्यक्ष मण्डललाई प्राप्त भएको अध्यक्ष मण्डले जनाएको छ ।