प्रकाश योन्जनको ‘परदेश’ सार्वजनिक (भिडियो)

everest kitchen

काठमाडौँ । प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा आएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक
कोशेली पस्किने क्रममा ‘परदेशी’ बोलको गीत बजारमा ल्याएको हो ।

उनी आफ्नो गीत दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताए । गीतकार योन्जन `आमालाई चाहियो रे’ बोलको गीतबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन ।

सार्वजानिक भएको ‘परदेश’ गीतलाई गीतकार प्रकाश योन्जनले लेखेका हुन भने, टिका बम्जनले संगीत गरेका हुन । पवन लामाले संगीत संयोजन गरेको गीतलाई गायक प्रमोद खरेलले गाएका हुन ।

उमेश गुरुङ्ले निर्देशन, कमला अमगाइले निर्माण, सम्भु चालिसेले भिडियोलाई छायांकन गरेका हुन । भिडियोमा महेश खड्का, उशा सुवेदी, लोकेश का एम भा र प्रशुना केसीको अभिनय समेटिएको छ ।