‘हाँडी गाउँको जात्रा’

everest kitchen

लघुकथा – ‘हाँडी गाउँको जात्रा’

आर्त अकुलिन
आज सार्वजनिक विदा भएकोले म कोठामै बसिरहेको थिएँ । एकाबिहानै छोरी आकृतिले भनिन्-” बाबा! मेरो स्कूल जानुछ । मलाई स्कूल पुर्याइदिनुस् न ।”

मैंले छोरीलाई भने-“आज सार्वजनिक विदा हो । सरकारले तमू ल्होसारको सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज विद्यालय जानु पर्दैन छोरी ।”

छोरीले स्कूल जाने ढिपी गरिन् । छोरीको बाल मनोविज्ञानको ख्याल गर्दै मैले छोरीलाई विद्यालयसम्म पुर्याइदिएँ । विद्यालयको प्रवेशद्वार खुला थियो । छोरीको विद्यालयमा पढाइ भएछ । सदाको जस्तै छोरी पढेर घर पुगिन् ‌।

घर पुगेपछि छोरीले जवाफमा भनिन्-“पढाइ हुने दिन कहिले विदा हुन्छ भने कहिले विदाको दिन पढाइ हुन्छ । … हाम्रो हाँडी गाउँको जात्रामा यस्तै हुन्छ बाबा … ।”