सवारी ज्यान मुद्दामा मन्त्रीका छोरा पक्राउ

everest kitchen

 

काठमाडौं । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ । मन्त्रीका छोरा २३ वर्षीय बबी सोडारीलाई सवारी ज्यान मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

गएको पुस २ मा टिकापुरमा बबी सोडारीले चलाएको बागमती प्रदेश ०१–०२५ च ६६५५ नम्बरको गाडीको ठक्करबाट ९५ वर्षीया दुर्गादेवी न्यौपाने घाइते भएकी थिइन् । उनको उपचारको क्रममा पुस ११ मा उनको मृत्यु भएको थियो ।

दुर्गादेवीको मृत्युपछि उनि सम्पर्क बिहिन भएका थिए । उनी विरुद्ध अदालतबाट ७ दिनको म्याद लिएर उनीमाथि सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।