सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाको शान्ती महरालाई आर्थिक सहयोग

everest kitchen

समीर मल्ल
मलेसिया । सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाको मासिक कार्यक्रम अन्तर्गत डडेल्धुराकि गालामा १ किलोको ट्युमर भएकी शान्ति महरालाई समाजको तर्फबाट आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष तुलाराम धामी तथा क्षेत्रिय समिती पेनाङका महासचिव प्रकाश कार्किको पहलमा आर्थिक सहयोग संकलन गरिएको हो ।

उक्त रकम डडेल्धुरा घर भई मलेसिया कार्यरत नरेश बोहराको आर्थिक सहयोग तथा समाजको जोहर समितिको नैतिक समर्थनमा समाजको तर्फबाट रु. ४० हजार आर्थिक सहयोग गरिएको समाजले जनाएको छ ।उक्त रकम मिडियाकर्मी मिलन बिस्ट मार्फत हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष धनबहादुर भाटले जानकारी दिए।

बीपि कोइराला मेमोरियल अस्पताल चितवनमा उपचाररत शान्ती महरालाई अस्पतालका प्रमुख कार्यकारी निर्देशक डाक्टर दिज गौतमको अनुमतिमा आहा नेपाल टिभिका कार्यकारी निर्देशक मिलन बिस्ट मार्फत बिरामिलाइ रकम हस्तान्तरण गरिएको अध्यक्ष तुलाराम धामीले बताए । धामीका अनुसार पीडित शन्तिको बारे उनको उपचारमा खटियका डा. अनिल बिक्रम कार्कीसङ्ग बिरामिको अबस्था बारे जाबकारी समेत लिईएको थियो ।

डडेल्धुरा जिल्ला आलिताल गाउँपालिका वडा नम्बर ३ गोरियाकी ती २० बर्षिया शान्ति महरा बिगत ३ बर्ष देखि दाहिने गालामा ट्यु’मरको कारणले पिंजडाको चरी जस्तै एउटा कोठा भित्र थुनिएर बसेकी थिइन् ।

दाहिने गालामा ट्युमर भएर दिनानुदिन बढ्दै गएपछि ७ छोरी एक छोराका पिता शान्ती महराका बुबा चक्र बहादुर महरालाई अहिले पीडामा छन् । “विभिन्न ठाउँ चाहारे,तर साध्य पाध्य केही लागेन, शान्तिले कक्षा १० मै पढाई छोड्नु पर्यो” चक्रबहादुरले भने।