डेढ वर्षपछी दोश्रोपटक गुड्यो रेल

everest kitchen
photo file

काठमाडौं । हस्तान्तरण गरेको दोस्रो वर्षमा प्रवेश गर्दा नेपालका ध्वजावाहक रेल दोस्रो पटक गुडे । नेपालको जयनगरबाट भारतको कुर्थासम्मको ३४ किलोमिटर दूरी रेलले तय गरेका हुन् ।

२०७७ असोज २ गते भित्रिएका दुई रेल कात्तिक ५ गते भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोँकण)ले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । ८४ करोड ६५ लाख रूपियाँमा रेल किनिएका हुन् । तर, ती रेल डेढ वर्षदेखि धनुषाको इनरुवा रेल्वे स्टेसनमा त्रिपाल ओढाएर थन्काइएका थिए ।

ती रेल ल्याइएपछि शनिबार दोस्रो पटक परीक्षण गरिएको हो । यसबीचमा रेल चलाउने मिति पटक–पटक सर्दै आएको छ । पछिल्लो पटक गत मङ्सिरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले अध्यादेशबाट कानुन बनिसकेको र अब चाँडै रेल सञ्चालन हुने प्रतिबद्धता जनाएकी थिइन् ।

उनीसहित रेल सञ्चालनसम्बन्धी प्रतिबद्धता जनाउने मन्त्री तीन पुग्दा पनि रेल सञ्चालन भएको छैन । तर, आजको लिक परीक्षणले अब रेल कुद्ने आशा जागेको छ । आजको परीक्षणका क्रममा गत मङ्गलबार भारतीय रेलका प्राविधिक टोलीसहितले रेलमार्ग परीक्षण गरेका थिए ।

टोलीले भारतका तर्फबाट सम्पूर्ण तयारी भएको जानकारीसमेत गराएको थियो । रेल नचल्दाको घाटा पूर्वाधारमा पनि परेको छ । रेलमार्गका क्लिप चोरी हुँदा पनि नेपाललाई निकै नोक्सानी भएको नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।
ग v