पाकिस्तानमा हिउँमा रमाउन गएका सयौँ मानिस अलपत्र, २१ जनाको मृत्यु

everest kitchen

एजेन्सी। पाकिस्तानमा हिउँमा पुरिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ । राजधानी इस्लामवाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमती र उनीहरूका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरूको उद्धारमा सेना खटिएको छ ।

सो क्षेत्रमा ठुलो सङ्ख्यामा एकै पटक मानिसहरू भ्रमण गर्दा सङ्कट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।