गायक अमिर लोप्चन र ईन्कार तामाङको अवाजमा १० चर्चित लोक कभर मशुप (भिडियो)

everest kitchen

काठमाडौ । लोक दोहोरी तथा सेलो गायक अमिर लोप्चन र लोक दोहोरी गायक ईन्कार तामाङको अवाजमा विभिन्न चर्चित लोक दोहोरी गितहरुलाई नयाँ भर्जनमा कभर मशुप गीत सार्बजनिक भएको छ।

विभिन्न १० लोक दोहोरी गितहरु समेटिएको यस कभर म्यासुपमा चर्चित गित फुल फुलेर,मन परेको मान्छे,छलछल पानी,तिम्रो दिलमा,चौका दाउ,बादालु केश,डाडा घरे साईली,सालाको पातको,मेरो मायालाई र नजुदाउ आँखा जस्ता सफल गितहरुलाई समेटिएको छ।

हालको बजारमा पुरानो गितलाई नयाँ भर्जनमा मन पराउनेहरु र खोजी गर्ने भएकोले यस्तै कोसेली बजारमा ल्याएको गायक अमिर लोप्चनले बताए।

कवर गितहरुलाई नयाँ पुस्ताका युवा युवतिहरुले अति खोजी नीति गर्ने र मन पराउने भएकोले अझ पृथक नयाँ ढंगमा प्रस्तुत गरिएको यस मिक्स म्यासुप गीतमा गायक अमिर लोप्चन र ईन्कर तामाङलाई नै मोडलको रुपमा देख्न सकिने छ। उनीहरूलाई मिरा मोक्तानको साथ रहेको छ ।

साथै क्यामरा, निर्देशन, एडिट कविन योन्जन, मिक्सिङ एरेन्ज रोशन बलुवाले गरेका हुन। गितलाई ओसियन मुजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ भने हिमाल टाईम्स टिभी युट्रवबाट सार्वजनिक गरिएको छ।