पीएनसीसीद्धारा “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम हुने

everest kitchen
पीएनसीसीको लोगो/ प्रतीकात्मक तस्बिर

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।

आगामी पुष ३० गते तदअनुसार १४ जनवरी २०२२ को दिन नेपालको समय अनुसार साँझको ठिक ७ बजेबाट  कार्यक्रम सुरुहुने  बताएको छ । “प्रवासी संग डाक्टर” भन्ने स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको पहिलो शृंखलामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी संगसगैं आउने स्वास्थ्य समस्या सम्बन्धि बिषयमा केन्द्रित रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार, कोभिड-१९ को नयाँ भेरियन्ट र अन्य विभिन्न स्वास्थ्य समस्या बारे विशेषज्ञ डाक्टरसहित उक्त कार्यक्रममा जानकारी, सल्लाह लगायत विभिन्न समस्या बारेमा छलफलसमेत रहनेछ ।

कार्यक्रममा सहभागी रहनेले समयमानै Meeting ID: 770 971 7556 र Passcode: pncc को प्रयोग गरी कार्यक्रममा पुष ३० मा साँझ ७ बजे सहभागीता जानाउन सक्नेछन् ।