नेपालमा १ हजार ४४६ लाई कोरोना संक्रमण,

everest kitchen

काठमाडौं । नेपालमा १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १४४६ जना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार ९६५ जनाको पिसिआर परीक्षण र २ हजार ४६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

२५५ जना निको हुदा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ को मृत्यु भएको छ। अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको छ।