प्रदेश प्रमुख खापुङलाई किरात याक्थुङ चुम्लुङ विराटनगरको स्वागत तथ शुभकामना

everest kitchen

झापा । प्रदेश नं. १ का प्रदेश प्रमुख मानीय परशुराम खापुङलाई किरात याक्थुङ चुम्लुङ विराटनगरले स्वागत तथा कार्यसफलताको शुभकामना दिएको छ ।

विराटनगर चुम्लुङका अध्यक्ष टिका नाल्बोको नेतृत्वमा आएको टोलीले प्रमुखज्यूको कार्यकक्षमा भेट गरी बधाई तथा कार्यसफलताको शुभकामना दिएको हो । आफ्नै नगरीमा प्रमुख भएर आउनुभएता पनि प्रमुखज्यूको कार्यव्यस्तताको कारण ढिलोमात्र आउन सकेको भन्दै प्रदेशको नामकरण यसै समयमा होस् भन्ने कुरा पनि अध्यक्ष नाल्बोले राखेका थिए ।

प्रदेश प्रमुख माननीय परशुराम खापुङले लिम्बू समुदायको आधिकारिक संस्था चुम्लुङले यो हौसला र माया दर्शाएकोमा धन्यवाद दिएका थिए । आफू रहेको स्थान आलङ्कारिक मात्रै रहेकोले प्रदेशको नामाकरणलगायतको सन्दर्भमा सभाले नै निर्णय गर्ने कुरा बताए ।

हिजोमात्रै किरात याक्थुङ चुम्लुङ मोरङका अध्यक्ष विवेक योङहाङ र केहीदिन अगाडि किरात याक्थुङ चुम्लुङ सुनसरीका अध्यक्ष मोहन हुक्पा चोङ्बाङले प्रदेश प्रमुखलाई भेटी बधाई तथा कार्यसफलताको शुभकामना दिएको थिए ।