बलिउड फिल्ममा काम गर्दै विपिन कार्की

everest kitchen

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका ‘भर्सटायल’ अभिनेता विपिन कार्कीले अब बलिउडको यात्रा गर्ने भएका छन् । बलिउड चलचित्र ‘एनिमल’बाट उनले बलिउड यात्रा गर्न लागेका हुन् ।

विपिनलाई केही दिनअघि चलचित्रका निर्देशक सन्दीपका भाइ प्रणय रेड्डीले फोन गरेर चलचित्रका लागि प्रस्ताव गरेपछि उनि भारत जाने भएका हुन्।

विपिनका अनुसार उनलाई अगष्टमा मुम्बई बोलाएको छ । चलचित्र ‘सेल्फी किङ्ग’मा गरेको अभिनय हेरेपछि यसको निर्माणपक्षले उनलाई सिधै फोन गरेर चलचित्रको लागि बोलाएको बताएको छ । चलचित्रमा उनले अभिनेता अनिल कपूरसँग धेरै दृश्य शेयर गर्नेछन् ।