मलेसिया सरकारले यही जनवरी २८ बाट प्लान्टेसन क्षेत्रमा अनलाइन आवेदन खुला गर्ने

everest kitchen

मलेसिया । मलेसिया सरकारले कृषि/ वृक्षारोपण (पलान्टेसन) क्षेत्रमा विदेशी कामदारको लागि आवेदन खुला गर्ने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार यही जनवरी २८ देखि कृषि उत्पादन क्षेत्रमा अनलाइनबाट आवेदन फारम खोल्ने स्थानीय सञ्चारमाध्यम बर्नमाले उल्लेख गरेको छ ।

विशेष छुटसहित कृषि वृक्षारोपण क्षेत्रमा विदेशी कामदार भर्नाका लागि अनलाइन आवेदन जनवरी २८ बाट वेबसाइट मार्फत खोलिने मानव संसाधन मन्त्री दतुक सेरी एम. सरावननले जानकारी दिए ।

उनका अनुसार फेब्रुअरी १५ गतेदेखि भने विशेष छुट नदिई वृक्षारोपण क्षेत्रलगायत अन्य क्षेत्रमा विदेशी कामदारका लागि आवेदन खुला गरिने बताए ।

मलेसिया सरकारले वृक्षारोपण क्षेत्रमा कामदार अभावलाई सहज बनाउन गएको सेप्टेम्बरमा विशेष छुटमार्फत ३२ हजार विदेशी कामदार ल्याउन विशेष स्वीकृति दिएको थियो ।

मलेसिया सरकारको डिसेम्बर १० मा बसेको मन्त्रिपरिषद् बैठकले वृक्षारोपण क्षेत्रबाहेक सबै क्षेत्रमा विदेशी कामदार भर्ना खुला गर्ने सहमति भएको थियो । अनुमति प्राप्त क्षेत्रहरू कृषि, उत्पादन, सेवा, खानी र उत्खनन, निर्माण र घरेलु कामदारहरू रहेका छन् ।

यसैबीच, सरवणनले रोजगारदाताहरूलाई सरकारले तोकेको विदेशी कामदारहरूको भर्नाको लागि मानक अपरेटिङ प्रोसिजर (एसओपी) पालना गर्नसमत सुझाएका छन् । एसओपीले चार चरणहरू समावेश गरेको छ, अर्थात् प्रि-रिलिज, अन अराइभल, अफ अराइभल (क्वारेन्टाइन) र पोस्ट-क्वारेन्टाइन लगायतका चरणहरु रहेका छन् ।

“सबै विदेशी कामदारहरूले सात दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ उक्त अवधिमा उनीहरूलाई दुई पटक कोभिड-१९ परीक्षण समेत गरिनेछ । साथै उक्त खर्च सबै रोजगारदाताले नै व्यहोर्नुपर्नेछ । – बर्नामा