मलेसिया स्थित नेपाली समाजिक संस्था “जनउद्धार केन्द्र”को अध्यक्षमा केसु थापा

everest kitchen

काठमाडौं । मलेसियामा रहेको सामाजिक कल्याण संघ ” जनउद्धार केन्द्र मलेसिया” ले आफ्नो ५औं वार्षिक उत्सव तथा साधारणसभा सम्पन्न गरेको छ ।  केन्द्रले आइतबार मलेशियाको पेनाङ राज्य स्थित “होटल पर्ल भ्यू”मा साधारणसभा सम्पन्न गरेको हो ।

केन्द्रको सभाले केशु थापाको अध्यक्षतामा ३९ सदस्य केन्द्रीय कमिटी निर्माण समेत गरेको छ । जसको अध्यक्षमा केशु थापा, बरिस्ठ उपाध्यक्ष श्री देवेन्द्र गिरी, महिला उपाध्यक्ष सारदा देवान र उपाध्यक्षहरु थिर बहादुर कटुवाल, अशिम मंगोल, श्री सन्दीप तामाङ रहेका छन् ।

संस्थाको महासचिवमा शंकर देव आचार्य, सचीवहरुमा विशाल लामिछाने, श्री यादव कुमार खत्री र श्संजय कुमार नेपाली , सहसचीवमा बुद्धिराम पुन र कोषअध्यक्षमा बिरश पुनलाई चयन गरेको छ ।

त्यस्तै, साधारण सभाले नेपाल संयोजक , महिला संयोजक, खेलकुद संयोजक, संचार संयोजक , सास्कृतिक /साहित्य संयोजक, अभियान संयोजक र क्षेत्रीय समिती संयोजकहरु र सम्पर्क समितिका अध्यक्ष हरु सदस्य रहनेगरी ३९ सदस्यीय केन्द्रिय कार्यसमिति निर्वाचीत गरेको हो ।

नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मोति बहादुर श्रीसको प्रमुख आतिथ्यता र नेपाली राजदुतावासकै श्रम सहचारी प्रकाश पन्थीको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा सकृय विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको आयोजकले उल्लेख गरेको छ ।

साथै, उक्त सभाले सल्लाहकार समितीमा शंकर बहादुर पौडेल, एकराज राई, सपना बस्याल, दिनेश खड्का र हरि प्रसाद न्यौपानेलाई चयन गरेको छ।

केशु थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका नब निर्बाचित केन्द्रिय महासचीव श्री संकर देव आचार्याले गरेका थिए ।

यस्तै, औपचारिक र अनौपचारिक गरि दुई भागमा बाँडिएको कार्यक्रमको अनौपचारिक पाटो प्रकाश आलेले संचालन गरेका थिए । जस अन्तरगत उपस्थितीहरु कार्यक्रम हल भित्र प्रवेश गर्दा उपलब्ध गराइएको कुपन नंम्वर अनुसार १० जनालाई भाग्यसाली उपहार को ब्यबस्था गरिएको थियो । अन्तिम चरणमा विभिन्न गजलकार हरुले गजल वचन गरेका थिए भने नृत्यद्वारा समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपस्थिति अधिकांस संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले नयाँ समितिलाई शुभकामना दिदै जनउद्धार केन्द्रले गरेका कामहरुको खुलेर प्रशंसा गरेका थिए । संस्थाले मलेसियामा रहेर विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । मलेसियाको जेलमा रहेका धेरै नेपालीहरुको संस्थाले उद्धारसमेत गरेको छ ।