पीएनसीसीको विदेशमा रहने नेपाली लक्षित “मानसिक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम हुने”

everest kitchen

काठमाडौं । प्रवासमा रहेका नेपालीहरुको हकहितको लागि निरन्तर सहयोगी भूमिकामा रहेको प्रवासी समन्वय समिति (पीएनसीसी)ले निरन्तर विभिन्न सचेतनामुलक कार्यक्रम तथा शिविरहरु सञ्चालन गर्दै आएको छ । मलेसिया तथा खाडीमा रहेका नेपालीहरुको विभिन्न समस्या समाधानमा सघाईरहेको पीएनसीसीले फेरी पनि  “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्दै आएको हो ।

“प्रवासी संग डाक्टर” नामक नियमित स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम अन्तर्गत आउने शुक्रबा विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट मानसिक स्वास्थ विशेष सचेतना कार्यक्रम गर्न लागेको छ ।

आगामी माघ ७ गते तदअनुसार २१ जनवरी २०२२ को दिन नेपालको समय अनुसार साँझको ठिक ७ बजेबाट सुरुहुने “प्रवासी संग डाक्टर” भन्ने स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको दोस्रो शृंखलामा मानसिक स्वास्थ्य समस्या सम्बन्धि बिषयमा केन्द्रित रहने आयोजकले जनाएको छ ।

गत हप्ता कोभिड-१९ सम्बन्धि कार्यक्रम रहेको थियो ।
आयोजकका अनुसार, यसपटक प्रवासमा रहेका नेपालीले भोग्ने गरेरका मानसिक समस्या र त्यसबाट उत्पन्न जटिलतालाई ध्यानमा राखेर मानसिक स्वास्थ्य समस्या बारे विशेषज्ञ डाक्टरसहित उक्त कार्यक्रममा जानकारी, सल्लाह लगायत विभिन्न समस्या बारेमा छलफलसमेत रहनेछ ।

मानसिक स्वास्थ समस्याका कारण धेरै नेपालीले प्रवासी भूमिमा नै देहत्याग गर्ने जस्ता कार्य रहने गरेको पाईएको छ । त्यस्तै मानसिक स्वास्थ्य समस्याका कारण विदेशमा रहेका श्रमिकहरुमा सहज रुपमा काम गर्न तथा जीवनयापनमा समेत समस्य रहेको सम्बन्धित विभिन्न अध्यनमा उल्लेख छ ।

साथै, उक्त कार्यक्रममा सहभागी रहनेले  समयमानै  मिटिङ आईडी 7709717556 Passcode: pncc को प्रयोग गरी कार्यक्रममा माघ ७ मा साँझ ७ बजे सहभागीता जानाउन सकिनेछ  ।