कतारमा रहेका विदेशी श्रमिकले ११ डलरमै विश्वकप हेर्न पाउने

everest kitchen

काठमाडौं । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को लागि टिकट बिक्री गर्न थालिएको छ । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकट बेच्न शुरु गरिएको हो ।

अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाए अनुसार, बुधबार जारी गरिएको टिकट दर अनुसार कतारका बासिन्दा र विदेशी कामदारले ११ अमेरिकी डलरमा रंगशालामा गएर विश्वकप फुटबल हेर्न पाउनेछन् ।

फिफाले कतारी नागरिक र विदेशी कामदारको हकमा एक खेलका लागि टिकेटको न्यूनतम मूल्य ११ अमेरिकी डलर तोकेको हो । यद्यपि अन्तर्राष्ट्रिय दर्शकको हकमा हरेक खेलका लागि टिकटको न्यूनतम मूल्य ६९ डलर निर्धारण गरिएको छ ।

बाहिरबाट आउने दर्शकका लागि फाइनल खेलको टिकट मूल्य भने १ हजार ६०७ डलरसम्म पुग्न सक्ने समाचारमा उल्लेख छ । तर अधिकारीहरुले अरब मुलुकमा हुन लागेको पहिलो विश्वकपमा रंगशालाभित्र प्रवेश दिइने दर्शकको संख्या भने उल्लेख गरेका छैनन् ।