दुतावासले दिने “ड्राभल डकुमेन्ट” महङ्गो भएपछि जनसम्पर्क समिति मलेसियाद्धारा दुतावासको ध्यानाकर्षण

everest kitchen

काठमाडौं । नेपाली काङ्ग्रेस निकट जनसम्पर्क समिति मलेसियाले मलेसिया स्थित नेपाली राजदुतावासमा विभिन्न चार बुदामा ध्यानाकर्षण गराएको छ । मलेसियामा रहेका श्रमिक समस्यालाई समेटेर समितिले ध्यानाकर्षण पत्र दुतावासमा बुझाएको हो ।

जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनी र महामन्त्री हरि कोईरालाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र स्वयं समितिका पदाधिकारीहरु दुतावासमा उपस्थिति भएर बुझाएका हुन ।

ध्यानाकर्षण पत्रमा श्रम स्वीकृति नविकरणको प्रक्रियालाई सहज बनाउन, कोभिड १९ को महामारीको कारणले समयमा आफ्नो श्रम स्वीकृति सकिएको समस्या नेपाल जान नपाएकाको समस्या समाधान गर्न, मलेसियामा मृत्यु भएका श्रमिकहरुको आफन्तने नेपालमा राहत रकम नपाएको अवस्था रहेको भन्दै राहत रकम उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।

त्यस्तै नेपाली दुतावासबाट जारि गरिने यात्रा अनुमतिपत्र हाल अत्यन्तै महङ्गो गरिएकोले सके सम्म नि:शुल्क गर्न, निशुल्क भरिनु पर्ने फारममासमेत चरम रकम लिएको भन्ने जन गुनासो रहेकोले कुनै पनि फारम भर्दा नि:शुल्क विना झन्झट श्रमिकको काम हुने वातावरण मिलाउन ध्यानाकर्षण गरिएको छ ।