इन्डोनेसियाको नयाँ राजधानी!

everest kitchen

एजेन्सी। इन्डोनेसियाले अहिलेको व्यस्त राजधानी जर्कातालाई बोरिनो टापुतर्फ सारेको छ । अहिलेको राजधानी जाकार्ताबाट १३ सय किलोमिटर टाढा रहेको कलिमन्थन प्रान्तको बोर्नियो द्विपमा नयाँ राजधानी बनाउन लागेको हो ।

राजधानी सार्नेसम्बन्धि विधेयक त्यहाँको संसदले सोमबार पारित गरेको छ ।नयाँ राजधानीको नाम नुसन्तारा राख्ने निर्णय पनि संसदले गरेको छ ।

राष्ट्रपति जोको विदोदोले केही वर्षअघि नै राजधानी सार्ने घोषणा गरेका थिए् । जार्काता हरेक वर्ष १ देखि १५ सेन्टिमिटरका दरले डुबिरहेको छ । सहरको झन्डै आधा भन्दा बढी भाग समुद्रको सतहमुनि छ ।

त्यस्तै,जाभा समुद्रले राजधानी वरपरको भूभागलाई बारम्बार धक्का दिइरहेको छ । विभिन्न समस्याबाट बच्न इन्दोनेशियले राग्धानी सरेको बताएको छ।