आज सर्वदलीय बैठक नबस्ने

everest kitchen

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा आज हुने भनिएको सर्वदलीय बैठक अनिश्चित भएको छ। सत्तारूढ राजनीतिक समन्वय समितिको शुक्रबार बसेको बैठकपछि शनिबार सर्वदलीय बैठक गर्ने तय भएको एक नेताले बताएपनि अहिलेसम्म सर्वदलीय बैठकको टुंगो लागेको छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

संविधानविदहरूसँग पहिले छलफल गरेर मात्र सर्वदलीय बैठक बोलाउने बारे छलफल भइरहेको छ।