तारा एयरले इलामको सुकिलुम्बामा उडान सुरु गर्ने

everest kitchen

काठमाडौं। तारा एयरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरु गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रा।लि।बीच त्यहाँको सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा माघ ३ गते सम्झौता भएको थियो ।

सम्झौता अनुरुप आगामी फागुन ८ देखि प्रत्येक आइतबार काठमाण्डौंबाट सुकिलुम्बा विमानस्थलमा उडान अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिए ।

इलाममा हवाई उडानको यो सम्झौताको लागि पहल गरेका पूर्वका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

१६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फाी भाडा आठ हजार ७०० तोकिएको छ । सम्झौताअनुसार ११ र ११ जनाको आउने जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ ।नगरपालिकाले एकतर्फ भाडा तिरे दुइतर्फकै उड्नका लागि सहुलियत दिएको समेत उनले जानकारी दिए।