गुडिरहेको जिप माथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु

everest kitchen

 

काठमाडौँ। ओखलढुंगामा गुँडिरहेको जिपमा ढुंगा खस्दा ३ जनाको मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिकामा पहाड माथिबाट गुडिरहेको १ज ३५६९ नम्बरको जिपमा ढुङ्गा खस्दा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा दुई बालबालिका युवक कोइराला र युनिषा कोइराला एकै परिवारका रहेका छन्। अर्का मृतक भने हेमबहादुर मगर रहेको खुलेको छ।

डोजरले माटो मिलाउने क्रममा ढुङ्गा खसेको थियो। सदरमुकाम आउँदै गरेको जिपमा सवार रहेका ६ जनामध्ये तीन जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनालाई उपचारको लागि काठमाडौँ पठाइएको छ।