प्रधानमन्त्री देउवा र मन्त्री यादवको संघद्वारा पुतला दहन

everest kitchen

धनुषा। नेकपा एमाले निकट युवा संघ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको पुतला दहन गरेको छ ।

सो संगठनले आइतबार जनकपुरधाममा प्रधानमन्त्री देउवा र मन्त्री यादवको पुतला दहन गरेको हो ।

मन्त्री यादवले हिंसात्मक अभिव्यक्ति दिएपनि प्रधानमन्त्री देउवाले उनलाई बर्खास्त गर्न नचाहेको र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेकोले उनीहरुको पुतला दहन गरिएको युवा संघले जनाएको छ ।