एनटोनिभ २२५ भन्दा ठुलो आरओसी विमानको सफल परीक्षण उडान

everest kitchen

काठमाडौं। एनटोनिभ २२५ भन्दा ठुलो संसारको सबैभन्दा ठूलो भनिएको आरओसी बिमानको परीक्षण उडान सफल भएको स्ट्राटोलञ्च कम्पनीले बताएको छ । गत आइतबार विमानको तेस्रो पटक परीक्षण उडान गरिएको हो ।

३८५ फिट विंग स्पान भएको विमान चार घन्टा २३ मिनेटसम्म आकाशमा उडेको थियो । विमानले उडानका क्रममा अग्लो पहाडी क्षेत्रको चक्कर लगाएको थियो ।

विमान निर्माता कम्पनी स्टेटोलन्चका अनुसार यो विमान २३,५०० फिटको उचाइसम्म पुगेको थियो । हालसम्म गरिएको परीक्षणमध्ये यो सबैभन्दा सफल उडान रहेको कम्पनीको भनाइ छ ।