विवादपछि ‘थिरिमाली’को भिडिओबाट जसिता र अदितीको फोटो हटाईयो

everest kitchen

काठमाडौं । दक्षिण भारतीय फिल्म थिरिमालीको आइटम गीत ‘रंग बिरंगी’ केही दिनअघि इन्टरनेट रिलिज भयो । उक्त गीतले नेपालमा चर्चा समेत पाएको छ।

गीतमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छन् । उक्त गीतमा अन्य दुई नेपाली नायिका जसिता गुरुङ र अदिती बुढाथोकीको तस्बिर समेत फिचर्ड भएपछी बिबाद उत्पन्न भएको थियो।

गीतमा अदिती र जसिताको तस्बिर प्रयोगलाई ‘दुरुपयोग’ भन्दै चर्चा सुरु भएपछि अहिले भने निर्माताले सो गीतबाट अदिती र जसिताको फोटो हटाएका छन् ।

निर्मान पक्षले उनीहरुबीच तस्बिर प्रयोग गर्न अनुमति लिएका थिएनन् । उक्त गीतमा आफूहरुको फोटो प्रयोग गरिएको भन्दै जसिता र अदितीले कानूनी उपचार खोज्ने समेत बताएका थिए ।