नेपाल र मौरिसससँगको खेलको टिकट दर एक हजार र ५०० तोकियो

everest kitchen

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ ।

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँको टिकट दर तोकेको एन्फाले जनाएको छ ।

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेल दशरथ रंगशालामा साँझ पौने ५ बजेबाट सुरु हुनेछ ।