कर्णालीमा ३ सय ४८ प्रहरी पुरस्कृत, १ सय ५८ जनालाई सजाय

everest kitchen

काठमाडौ। कर्णाली प्रदेशमा ३ सय ४८ जना प्रहरी पुरस्कृत र १ सय ५८ जनालाई सजाय गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सार्वजानिक गरेको अर्ध वार्षिक प्रगति प्रतिवेदनमा जनाइए अनुसार प्रदेशमा ३ सय ४८ प्रहरी पुरस्कृत भएका हुन् ।

यस्तै विभिन्न निकायहरुको समन्वयमा विभिन्न स्थानमा ४४ थान सिसिटिभी जडान तथा ४० वटा मर्मत गरी कुल २४५ स्थानमा सिसिटिभीको व्यवस्था गरिएको छ । अवैध हातहतियार २४ नाल बरामद र १५ जना पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता राजेन्द्रसिंह खड्काले बताए ।

बिभिन्न मुद्दाका फरार अपराधिहरु १४१ जनालाई पक्राउ गरी कुल ७३ वर्ष ९ महिना २८ दिन कैद सजाय भुक्तान र १६ लाख १० हजार ८९० रुपियाँ जरिवाना संकलन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

लागुऔषध दुर्व्यसनी तथा अवैध वेचविखन गर्ने गत वर्षको ६ महिनामा ३५ जना रहेकोमा यस वर्ष ९० जनालाई पक्राउ गरी ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारवाही गरिएको जनएको छ ।

ट्राफिक दुर्घटनाको दरमा न्यूनीकरणको लागि ट्राफिक जनचेतनामूलक कार्यक्रम ७६७ पटक सञ्चालन गरी कुल ६६ लाख ९ हजार ७९० जना लाभान्वित भएका छन् । प्रदेशमा सो अवधिमा सवारी दुर्घटना २०३ वटा भएको थियो । सवारी दुर्घटनामा परी ११८ जनाको मृत्यु र घाइते ५१५ जना भएको जनाइएको छ ।