गजल् – राजु पि एम(चट्टान)

everest kitchen

के छ तेस्तो खास तिम्रो अधरमा पनि
मात नै लगाउने नसा छ नजरमा पनि

यो सुन्दर मन भित्र बस्न नसेको तिमी
कसरी बसेउ होला त्यो बगरमा पनि

मन भित्रको मान्छे मनबाटै हरायो
खोजेर कहाँ भेटिएला शहरमा पनि

जुन हाम्रो प्रेममा यस्तो सुगन्ध थियो
त्यो सुगन्ध नआउला अत्तरमा पनि

तिम्रै कारण बा,आमा आश्रम लानु पर्यो
अब बस्दिन भगवान नभएको घरमा पनि