श्रममन्त्री श्रेष्ठको एक्सन

everest kitchen

काठमाडौं । वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कडाईका साथ उत्रिएका छन् ।

मन्त्री श्रेष्ठ पछिल्लो समयमा भिजिट भिसामा दुवई पुर्याएका नेपाली कामदारहरुको उजुरीमा मन्त्री एक्सनमा उत्रिएका छन् ।

दुवई र नेपालमा रहेका दलालहरु दुवईमा अलपत्र परेका नेपाली कामदारहरुलाई नेपाल फर्काउन सहमत भएका छन् । अलपात्र पारेका नेपालीहरुमध्ये २८ जना नेपाल आइसकेका छन् ।

विहीबार पीडितको गुनासो सुन्दैगर्दा मन्त्री श्रेष्ठलाई ‘मुख्य दलाल’ भनिएका कमल उपाध्यायले ह्वाटसपमा फोन गरेका थिए । ठगीको आरोप लागेका उपाध्यायलाई मन्त्री श्रेष्ठले ‘भाइ’ भन्दै सम्बोधन गरे । उनले भने, ‘भाइ, अरु कुरा जान्दिन, कि रोजगारी लगाउनुस, कि त तत्काल नेपाल फर्काउनुस्, होइन भने दुवई आएरै पक्रेर नेपाल ल्याउन नपरोस् ।’

भिजिट भिसामा दुबई पुराउने गरेका बिषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए । ‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उनले जानकारी दिए ।